धवल शम्शेर राणासहित १८३ नेताद्वारा राप्रपा परित्याग, उपत्यकाबाट सामूहिक बहिर्गमन(नामावलीसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २१, बिहीबार १४:१९

काठमाडौं । धवल शम्शेर राणासहित १८३ जना नेताहरूले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन्।
काठमाडौं उपत्यकामा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरू गरी १८३ जनाले संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्।


पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी तथा नानीमैया आचार्यलगायत रहेका छन्।


राप्रपाका प्रभावशाली नेताहरूको यो सामूहिक बहिर्गमनले पार्टीभित्रको आन्तरिक समीकरणमा नयाँ तरंग ल्याएको छ। उनीहरूको आगामी राजनीतिक यात्रा र नयाँ रणनीतिबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *