काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल आज दिउँसो भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्। उनको भ्रमण तीन दिनको रहने जनाइएको छ।
एस. जयशंकर को निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा मन्त्री खनालले भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा हुने प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले नरेन्द्र मोदी सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका पनि तय भएको छ। भेटमा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने भएका छन्।
एकै दिन नेपालका परराष्ट्रमन्त्री भारततर्फ प्रस्थान गर्न लागेका र प्रमुख राजनीतिक दलका नेताको भ्रमण सकिएर स्वदेश फर्किन लागेका कारण कूटनीतिक तथा राजनीतिक वृत्तमा यस घटनाक्रमलाई चासोका साथ हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्