नुवाकोट, जेठ २२— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन भाेलि नुवाकोट सदरमुकाम विदुरस्थित बट्टारको रानीमौरी ब्याङ्केटमा हुँदैछ। अधिवेशनले सभापति, उपसभापतिसहित १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ।
पार्टीभित्र नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास जारी रहे पनि सभापति पदमा तदर्थ समिति सभापति रामेश्वर गजुरेल र पार्टीका सचिवालय सदस्य राजु प्रसाद लामिछाने बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
तदर्थ समितिको नेतृत्व गर्दै जिल्लामा पार्टी संगठन विस्तार र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै गजुरेलले एक कार्यकाल नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन्। उनलाई जिल्लाका १२ स्थानीय तहमध्ये अधिकांशबाट समर्थन प्राप्त रहेको बताइन्छ। नुवाकोटबाट निर्वाचित सांसद डा. अच्युतम लामिछाने तथा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको समेत समर्थन गजुरेललाई रहेको दाबी गरिएको छ।
यता, राजु लामिछानेले पनि पार्टीका पार्टीका प्रतिनिधि र पालिकाका साथीहरूको आह्वानमा संगठनको विश्वासको आधारमा मेरो उम्मेदवारी भएको दावी गरेका छन् ।
साथ रहने बताइएको छ। अधिवेशनमा करिब ४२२ प्रतिनिधि सहभागी हुने अनुमान गरिए पनि केन्द्रबाट अन्तिम विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ।
अधिवेशनका लागि निर्वाचन समिति भने अझै गठन भएको छैन। सभापति गजुरेलका अनुसार केन्द्रले आज बेलुकासम्म निर्वाचन समिति पठाउने अपेक्षा गरिएको छ।
यसैबीच, सभापतिका आकांक्षीमध्ये रहेका बसन्त धितालले आफ्नो उम्मेदवारी नदिई रामेश्वर गजुरेललाई समर्थन गर्ने तयारी गरेका छन् । धिताल हाल दुप्चेश्वर सभापतिकाे जिम्मेवारीमा छन्। त्यस्तै, दामोदर नेपालले सर्वसम्मत वातावरण बनेमा मात्र सभापतिमा दाबी गर्ने संकेत दिएका थिए। तर आफ्नो पक्षमा सहमतिको सम्भावना कमजोर देखिएपछि उनले चुनाव नलड्ने र राजु लामिछानेलाई समर्थन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
अर्का नेता किशोर श्रेष्ठ पनि सभापति दौडबाट पछि हटेर पदाधिकारी तहमा व्यवस्थापन हुने पक्षमा देखिएका छन्। पार्टीभित्र अधिकांश प्रतिनिधि तथा केन्द्रीय नेतृत्वको झुकाव रामेश्वर गजुरेलतर्फ रहेको चर्चा छ। यद्यपि, राजु लामिछाने पदाधिकारी तहमा सहमत भए सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना अझै कायम रहेको नेताहरू बताउँछन्।
अधिवेशनअघि सभापति पदका आकांक्षी रामेश्वर गजुरेलले एक अपिल जारी गर्दै रास्वपा नुवाकोटको प्रथम जिल्ला अधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा सफल बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। उनले जिल्ला सभापति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिँदै जिल्लामा रास्वपाको अभियानलाई अझ उचाइमा पुर्याउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। अध्यक्षका अर्का आकाँक्षी राजु प्रसाद लामिछानेले पनि पार्टीलाई प्रभाव र दवावबाट मुक्त राख्न आफुले उम्मेदवारी दिन लागेकाे बताएका छन् । उनले पनि आफूलाई पार्टीका साथीहरूकाे साथ र समर्थन रहने बताएका छन् ।
रास्वपाको केन्द्रीय महाधिवेशन आगामी असारमा हुँदैछ। केन्द्रीय सभापतिमा रवि लामिछाने निर्विकल्प रहने आकलन गरिए पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने सम्भावना रहेको नेताहरूको भनाइ छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्