काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त प्रतिवेदनलाई पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक भएको आरोप लगाइएको छ।
एमालेले अदालत जानुअघि आयोगसँग प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने जनाएको छ। साथै, आवश्यक परे प्रभावित पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति दर्ता गर्ने, संवैधानिक प्रश्न उठे न्यायिक पुनरावलोकनका लागि अदालत जाने, तथा उपलब्ध सबै कानुनी विकल्प प्रयोग गर्ने तयारी रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा विधिको शासन, संविधान तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गरिने पनि बताइएको छ। साथै विभिन्न राजनीतिक दल र सरोकारवालासँग संवाद तथा सहकार्य गरी साझा धारणा निर्माण गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्