नुवाकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला समितिको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा रामेश्वर गजुरेल भारी मतसहित सभापतिमा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार गजुरेलले २५७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजु लामिछानेले २८ मत तथा शरण महतले ३७ मत प्राप्त गरेका थिए। गजुरेल पार्टी स्थापनाकालदेखि सभापति छन् ।उनकाे नेतृत्वमा रास्वपाले नुवाकोटमा राम्रो संगठन निर्माण गरिररहेकाे थियाे ।जसकाे गुन कार्यकर्ताले तिरेका छन् ।
उपसभापतिमा कृष्णलाल श्रेष्ठ १७३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सुनिमा थिङले ८४ मत, उमेश पाठकले २३ मत तथा नारायण भण्डारीले २० मत प्राप्त गरे।
सचिव पदमा बसन्त धिताल १९४ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार शिवराज लामिछानेले ११३ मत प्राप्त गरे। सहसचिव पदमा सम्बर तामाङ निर्विरोध निर्वाचित भएका छन्।
सदस्य पदतर्फ जनजाति समूहबाट छेपोन तामाङ १७७ मतसहित निर्वाचित भए। महिला सदस्यमा लक्ष्मी पाण्डे र जानुका सापकोटा निर्वाचित भए भने दलित सदस्य पदमा गोकर्ण रोक्का निर्विरोध चयन भएका छन्।
खुला सदस्यतर्फ खुला सदस्य–१ बाट विपना पाण्डे तथा खुला सदस्य–२ बाट सुभाष भण्डारी विजयी भएका छन्।
निर्वाचन क्षेत्र नं. १ मा उपसंयोजक पदमा दीपिका अधिकारी र शिवराम भट्टराई निर्विरोध निर्वाचित भए भने सचिव पदमा मुरारी पोखरेल निर्विरोध चयन भएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा उपसंयोजक पदमा विमल खड्का र श्यामबहादुर लामा निर्वाचित भए। सचिव पदमा सचिन डंगोल निर्वाचित हुँदा क्षेत्र नं. २ बाट जिल्ला सदस्यमा रामप्रसाद लामिछाने विजयी भएका छन्।
रास्वपा नुवाकोटको नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्