रसुवामा स्राेत नखुलेको १९ लाख ५२ हजार १०० नगद सहित मिङ्मार गुरुङ प्रहरी नियन्त्रणमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २४, आईतवार १५:१९

रसुवा । रसुवा प्रहरीले स्रोत नखुलेको रु. १९ लाख ५२ हजार १०० नगदसहित एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।


जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २०८३ जेठ २३ गते गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजारस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्गमा सवारी साधन तथा यात्रुको नियमित जाँच गर्ने क्रममा काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो गाडी रोकेको थियो।


जाँचका क्रममा गाडीमा सवार गोसाइँकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङ्मार छिरिङ गुरुङले बोकेको झोलाभित्र रु. १९ लाख ५२ हजार १०० नगद फेला परेको प्रहरीले जनाएको छ। बरामद रकममा रु. १ हजार दरका १ हजार ८५५ थान, रु. ५ सय दरका २३३ थान र रु. १ सय दरका ६ थान नोट रहेका थिए।


उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि गुरुङलाई नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीमाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। साथै जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *