अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २५, सोमबार १५:३६

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग राखेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले करको दर हेरफेरबारे समिति गठनको माग गरेका हुन् ।  “बजेटबन्दा करका दर हेरफेर तथा दर कति हुन्छन् भन्ने अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन,” उनले भने । 

उनले करका दर हेरफेर हुन लागेको सूचना लिक गरिएको भन्दै आपत्ति जनाए । “अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ । यो राजद्रोह हो,” उनले भने ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *