ट्राफिक नियम उल्लंघन गरेको भन्दै सांसद हर्क साम्पाङमाथि प्रहरी कारबाही

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २५, सोमबार १९:१९


काठमाडौं — ट्राफिक नियमको बेवास्ता गर्दै मोटरसाइकल चलाएको विषयमा प्राप्त उजुरीका आधारमा प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई लाई कानुनी कारबाही गरेको जनाएको छ।


प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्री र नागरिकबाट आएका गुनासोको अध्ययनपछि राईमाथि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। ट्राफिक नियमको पालना नगरी सवारी साधन चलाएको आरोप पुष्टि भएपछि कारबाही गरिएको प्रहरीले स्पष्ट पारेको छ।


यससँगै प्रहरीले सबै चालक, सहचालक र यात्रुलाई सडक सुरक्षा तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै लापरबाहीपूर्ण गतिविधिबाट टाढा रहन सचेत गराएको छ। प्रहरीले नियम उल्लंघन गर्ने जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *