धादिङ, आर्थिक वर्ष २०८३/८४ का लागि धादिङ जिल्लाका १३ स्थानीय तहले सङ्घीय सरकारबाट कुल रु चार अर्ब ९७ करोड ३७ लाख अनुदान प्राप्त गर्ने भएका छन्। अर्थ मन्त्रालयले जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन गरेको हो।
विनियोजित बजेटअनुसार बेनीघाट रोराङ्ग गाउँपालिका ले सबैभन्दा बढी रु ४८ करोड ८१ लाख अनुदान प्राप्त गरेको छ। त्यसैगरी रुवी भ्याली गाउँपालिका ले सबैभन्दा कम रु २० करोड ७१ लाख अनुदान पाउने भएको छ।
जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका का लागि रु ७४ करोड ३४ लाख विनियोजन गरिएको छ भने धुनीबेसी नगरपालिका ले रु ३८ करोड आठ लाख प्राप्त गर्नेछ।
अन्य गाउँपालिकामध्ये सिद्धलेक गाउँपालिका का लागि रु ४१ करोड २३ लाख, त्रिपुरासुन्दरी गाउँपालिका का लागि रु ३९ करोड ३१ लाख, गङ्गाजमुना गाउँपालिका का लागि रु ३८ करोड १४ लाख र ज्वालामुखी गाउँपालिका का लागि रु ३७ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ।
यस्तै गजुरी गाउँपालिका ले रु ३६ करोड ६२ लाख, गल्छी गाउँपालिका ले रु ३२ करोड ४४ लाख, थाँक्रे गाउँपालिका ले रु ३१ करोड ६४ लाख, खनियाबास गाउँपालिका ले रु २५ करोड दुई लाख तथा नेत्रावती डबजोङ्ग गाउँपालिका ले रु २४ करोड २७ लाख अनुदान प्राप्त गर्ने भएका छन्।
सङ्घीय सरकारले स्थानीय तहको विकास, सेवा प्रवाह र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको जनाएको छ।
पालिकागत बजेट विवरण
स्थानीय तह बजेट
नीलकण्ठ नगरपालिका
रु ७४ करोड ३४ लाख
बेनीघाट रोराङ्ग गाउँपालिका
रु ४८ करोड ८१ लाख
सिद्धलेक गाउँपालिका
रु ४१ करोड २३ लाख
त्रिपुरासुन्दरी गाउँपालिका
रु ३९ करोड ३१ लाख
गङ्गाजमुना गाउँपालिका
रु ३८ करोड १४ लाख
धुनीबेसी नगरपालिका
रु ३८ करोड ८ लाख
ज्वालामुखी गाउँपालिका
रु ३७ करोड ६८ लाख
गजुरी गाउँपालिका
रु ३६ करोड ६२ लाख
गल्छी गाउँपालिका
रु ३२ करोड ४४ लाख
थाँक्रे गाउँपालिका
रु ३१ करोड ६४ लाख
खनियाबास गाउँपालिका
रु २५ करोड २ लाख
नेत्रावती डबजोङ्ग गाउँपालिका
रु २४ करोड २७ लाख
रुवी भ्याली गाउँपालिका
रु २० करोड ७१ लाख
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्