अर्जेन्टिना–इजिप्ट खेलको रेफ्री विवादमा फिफाको स्पष्टिकरण : ‘दबाब थिएन, निर्णय सही थियो’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २५, बिहीबार १७:४६

काठमाडौं । अर्जेन्टिना र इजिप्टबीच भएको खेलमा रेफ्रीको निर्णयलाई लिएर उत्पन्न विवादबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आफ्नो धारणा सार्वजनिक गर्दै रेफ्रीमाथि कुनै पनि प्रकारको दबाब नपरेको स्पष्ट पारेको छ।


फिफाले खेलका क्रममा विवादित बनेको पेनाल्टी नदिने निर्णय खेलका नियमअनुसार सही रहेको जनाएको छ। साथै, भिडियो सहायक रेफ्री (भीएआर) प्रणालीको प्रयोग पनि निर्धारित मापदण्डअनुसार भएको भन्दै त्यसप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेको छ।


खेलपछि सामाजिक सञ्जाल तथा विभिन्न खेल विश्लेषकहरूले रेफ्रीको निर्णयमाथि प्रश्न उठाएका थिए। केहीले भीएआरको प्रयोग प्रभावकारी नभएको आरोपसमेत लगाएका थिए। तर फिफाले सबै दृश्य र प्राविधिक मूल्याङ्कनपछि रेफ्री टोलीले स्वतन्त्र रूपमा निर्णय गरेको र कुनै बाह्य हस्तक्षेप वा दबाब नरहेको निष्कर्ष निकालेको जनाएको छ।


फिफाको यो स्पष्टिकरणसँगै अर्जेन्टिना–इजिप्ट खेलसँग जोडिएको रेफ्री विवादलाई लिएर उठेका आशंका तत्कालका लागि मत्थर हुने अपेक्षा गरिएको छ।

  • एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *