एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २४, आईतवार ०६:२१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कात्तिक ९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने जानकारी दिएको हो ।

एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो । 

प्रतियोगिताका लागि अक्सन समेत भइसकेको छ । आठै फ्रेन्चाइज टिमले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम सुरु गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *