डीएमभीमा नुवाकोटवासीकाे तेस्रो वार्षिक पिकनिक सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १, सोमबार ०७:४४



अमेरिका । अमेरिकाको डीएमभी क्षेत्र (डिसी, मेरिल्याण्ड र भर्जिनिया) मा बसोबास गर्ने नुवाकोटवासीहरूको तेस्रो वार्षिक ‘डीएमभी–नुवाकोट नेपाल कम्युनिटी समर पिकनिक–२०२६’ उत्साहपूर्वक सम्पन्न भएको छ।


तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पिकनिकमा डीएमभी क्षेत्रमा रहेका नुवाकोटवासी परिवारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा आपसी भेटघाट तथा परिचय आदानप्रदानसँगै विभिन्न मनोरञ्जनात्मक खेलकुद, सामूहिक भोजनलगायतका गतिविधि सञ्चालन गरिएको थियो।


विदेशी भूमिमा रहे पनि जन्मभूमि नुवाकोटसँगको सम्बन्धलाई निरन्तरता दिने तथा नुवाकोटवासीबीच आपसी सहयोग, भाइचारा, एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।


पिकनिकले डीएमभी क्षेत्रमा रहेका नुवाकोटवासीबीचको आत्मीयता र सामाजिक सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।


आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नुवाकोटवासी, सहभागी, स्वयंसेवक तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यापक र भव्य रूपमा आयोजना गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *