बेलकोटगढीका प्रभावशाली नेता पाण्डे देउवा पक्षमा खुले, संस्थापन कांग्रेसमा तरंग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ३, शनिबार २१:२६

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ का क्षेत्रीय सचिव नमराज पाण्डेले कांग्रेस संस्थापनइतर समूह अर्थात् शेरबहादुर देउवा नेतृत्वको समूहले आयोजना गर्ने १५औँ महाधिवेशनमा सहभागी भई सक्रिय भूमिका निर्वाह गर्ने घोषणा गरेका छन्।


पाण्डेले सामाजिक सञ्जालमार्फत क्षेत्रीय सचिवका रूपमा साढे चार वर्ष सक्रिय र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेको स्मरण गर्दै अबको राजनीतिक यात्रा नयाँ ढंगबाट अघि बढाउने बताएका छन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।


नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का पाण्डे गत वर्ष फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ बाट उम्मेदवारका रूपमा सिफारिसमा परेका थिए। तर, उनले टिकट पाएनन्। त्यसपछि नुवाकोट क्षेत्र नं. २ बाट कांग्रेस उम्मेदवार बनेका जगदीश्वरनरसिंह केसीको पक्षमा सक्रिय रूपमा प्रचारप्रसारमा खटिएका थिए भने ठुलो आर्थिक सहयाेग गरेका थिए ।


सामाजिक तथा व्यावसायिक पृष्ठभूमिका पाण्डेले ‘नुवाकोट पुकार’सँगको कुराकानीमा अब कांग्रेसभित्र विधि, विधान र न्यायका लागि आफू प्रत्यक्ष र इमानदारीपूर्वक सक्रिय रहने बताए।
उनले शेरबहादुर देउवा नेतृत्वको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी हुँदै पार्टीभित्र विधि र विधानको पक्षमा आफ्नो भूमिका अघि बढाउने स्पष्ट पारे।


बेलकोटगढी क्षेत्रमा प्रभाव राख्ने पाण्डे देउवा पक्षमा खुलेर सक्रिय हुने घोषणाले नुवाकोट कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ समीकरणको चर्चा सुरु भएको छ। उनको घोषणालाई जिल्लामा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।


त्यसाेत देउवा पक्षमा नुवाकोट बेलकाेटगढीका पुराना लामाे समय कांग्रेसमा बिताएका नेताहरु बैकुण्ठ पाण्डे ,गाेकुल दाहाल ,अर्जुन नेपाल सहित युवा नेताहरु बद्री मुडबरी, जयराम दाहाल,शुकदेव दाहाल, बाबुराम तामाङ , पुर्ण गजुरेल ,प्रकाश पुडासैनी ,अच्चुत रिजाल, सागर न्याैपानेसहित पाका र युवाहरुकाे उपस्थितिले बेलकाेटगढीमा संस्थापनपक्ष कमजोर देखिएको आँकलन गर्न थालिएको छ । देउवा पक्षले असाेज १५ मा जिल्लामा वडा अधिवेशन गर्दैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *