रास्वपा सचिवालयका सात निर्णय यस्ता छन्

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ४, आईतवार २०:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, संगठन विस्तार तथा पार्टीका विभिन्न आयोगलाई पूर्णता दिने लगायत सात वटा निर्णय गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउनुपर्ने विषयमा सरकारलाई नीतिगत निर्देशन दिएको छ। बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतको टोलीलाई भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्ने गरी तयारी गर्न निर्देशन दिएको हो।

त्यस्तै, रसुवा बाढीका क्रममा फेला परेका तर सनाखत हुन नसकेका शवको तत्काल डीएनए परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। परिवारले आशा मारिसकेका बेपत्ताका हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया यथाशीघ्र टुंग्याउन पनि सरकारसँग आग्रह गरिएको छ।

बैठकले मधेस प्रदेश कार्यसम्पादन अडिटको प्रारम्भिक प्रतिवेदन बुझी त्यसका आधारमा थप कदम अघि बढाउने निर्णय गरेको छ। साथै, मधेस प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ।

रास्वपाले अनुशासन आयोगलाई समेत पूर्णता दिएको छ। आयोगमा १० सदस्य थप गरिएको र अधिकांश सदस्य अधिवक्ता रहेको पार्टीले जनाएको छ।

यसैगरी, सचिवालय सदस्यद्वय विराजभक्त श्रेष्ठ र सुरेन्द्र चौधरीलाई शपथ ग्रहण गराइएको छ। पार्टीका कार्यक्रम तथा गतिविधिलाई थप विस्तार गर्ने निर्णयसमेत सचिवालय बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *