नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि असोज ६ गते भएको वडा अधिवेशनबाट नुवाकोटमा बहालवाला सरकारी स्वास्थ्य कर्मचारी क्षेत्रीय प्रतिनिधिमा चयन भएपछि उनको राजनीतिक संलग्नताबारे प्रश्न उठेको छ। कतिपय सरकारी कर्मचारी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका खबर छन् ।
नेपालको निजामती सेवा ऐन तथा कर्मचारी आचरणसम्बन्धी व्यवस्थाले कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नतामाथि प्रतिबन्धको व्यवस्था गरेको छ। जुनसुकै तहमा वा वर्गकाे कर्मचारीले राजनीतिमा भाग लिन नहुने स्पष्ट व्यवस्था छ।
यता नेपाली कांग्रेसको उपलब्ध आधिकारिक विधानसम्बन्धी सामग्रीमा क्रियाशील सदस्यता र पार्टीका निर्वाचनमा सहभागितासम्बन्धी व्यवस्थाहरू रहेको देखिए पनि सरकारले त्यसमा प्रतिबन्ध लगाएको छ । यसपटक शिक्षक संघले समेत कांग्रेस अधिवेशनमा सहभागिता जनाउन पाएकाे छैन।
नुवाकोट कांग्रेस निर्वाचन समितिले भने काेही त्यस्तो भए सम्बन्धित व्यक्तिसँग सोधपुछ गरी आवश्यक निर्णय गर्ने जनाएको छ।
कांग्रेसको आन्तरिक अधिवेशन दुई धारमा विभाजित भइरहेका बेला विभिन्न तहमा प्रतिनिधि चयनलाई लिएर विवाद र दाबी–प्रतिदाबीसमेत देखिएका छन्। यस्तो अवस्थामा बहालवाला सरकारी कर्मचारी नै क्षेत्रीय प्रतिनिधि बनेको विषयले नुवाकोट कांग्रेसको अधिवेशनमा थप चासो बढाएको स्थानीय नेताहरू बताउँछन्।
अब निर्वाचन समितिले खड्काको सरकारी सेवाको अवस्था, कांग्रेसको क्रियाशील सदस्यता तथा प्रतिनिधि चयनको प्रक्रियाबारे अध्ययन गरी गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्