विदुर। नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाकाको प्रशासकीय भवन निर्माण सम्बन्धमा विवाद सिर्जना भएको छ । अध्यक्ष आशा तामाङमाथि लगाइएको आरोप पछि अध्यक्ष तामाङले आफुमाथि निराधार आरोप भन्दै विदुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्यसको खण्डन गर्नु भएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष आशा तामाङले आफुमाथि लगाइएको भष्ट्राचारको आरोपमा कुनै सत्यता नभएको दावी गर्नुभयो ।
नेपाली काँग्रेस म्यागङ गाउँपालिकाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष आशा तामाङले आफुलाई आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चरित्र हत्या गरेकोमा घोर भत्र्सना गर्नुभयो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि भएको अनलाईन प्रक्रियामार्फत हुने ठेक्कामा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रष्ट पार्नुभएको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस इकाइले जारी जारी गरेको विज्ञप्ति अनुसार “म्यागाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि भएको ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पुरा गरी आर्थिक ऐन, सार्वजनिक खरिद नियमावली बमोजिम गाउँपालिकाले प्रशासनले ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी दिईएकोमा गाउँपालिकाको कर्मचारी प्रशासनले सम्पादन गर्ने कार्यमा पालिका अध्यक्षको समेत नाम समेत जोडी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको उजुरीमा कुनै सत्यता नरहेको ठहर गर्दै आरोपकर्तालाई आफ्नो पहिचान स्पष्ट पारी आरोपमा लेखिएका व्यहोराहरु सम्मानित न्यायिक तहबाट प्रमाणित गराएर देखाउन समेत नेपाली काँग्रेस म्यागाङ गाउँपालिका चुनौती दिन चाहन्छ भनिएको छ ।
अध्यक्ष तामाङ यस पटक पनि अध्यक्षका लागि तयारी गरिरहेका बला राजनीतिक आग्रहका आधारमा मुद्दा लगाउन खोजिएको कांग्रेसको ठहर रहेको छ ।