Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

नुवाकोट पुकार २९ श्रावण २०८१, मंगलवार १०:०७ 1 min read

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उहाँ धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ ।

रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा प्राडा कोजू सम्मानित हुनु भएको हो ।
रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गर्नु भएको हो ।

पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजुलाई सो सम्मान प्रदान गरिएको हो । पनौतीको डायमण्ड हिल रिसोर्टमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उहाँलाई सो नगदसहित सम्मान प्रदान गर्नु भएको हो ।

यसैगरी प्राडा ताम्राकारले पिताको स्मरणमा स्थापना गर्नु भएको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ काभ्रेपलाञ्चोक जिल्लाबाट २८ वर्षदेखि निरन्तर प्रकाशित काभ्रे टाईम्सलाई साप्ताहिकलाई  प्रदान गरिएको छ । साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेलाई अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उहाँलाई सो नगदसहित सम्मान प्रदान गर्नु भएको हो ।

Continue Reading

Previous: मंसिर तेस्रो साता उपनिर्वाचन गर्नका लागि प्रधानमन्त्रीलाई दियो आयोगले सुझाव
Next: यस्तो छ आजको मौसम, कहाँकहाँ पानी पदैँछ ?

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार