
Oplus_0

काठमाडौं । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले बंगलादेशमा भएको आन्दोलनका क्रममा हिन्दुहरुमाथि भएको आक्रमणको निन्दा र भत्र्सना गर्नुभएको छ । उहाँले बंगलादेशमा भएको अल्पसंख्यक हिन्दू तथा बौद्ध धर्मावम्बीहरू माथिको क्रूर पासविक आक्रमण को घोर निन्दा र खेद व्यक्त गर्दै सरकार को मौनतमा दु खिःत भएको समेत बताउनु भएको छ ।
आज मंगलबार व्यवस्थापिका संसदमा शुन्य समयमा बोल्दै नेता सांसद केसीले भन्नुभयो “इतिहासका गौरब र बिरासद संसदको दुई तिहाई शक्तिले पनि जनमनोभावना लाई समयमै सम्वोधन गर्न नसके एसियाकै विकशित अर्थतन्त्र हाम्रो भन्दा १० गुणा माथि र आर्थिक वृद्धिदर ७ प्रतिशतको बंगलादेश मा हालैको घटनाको मूल कारण व्यापक भ्रष्टाचार,शासकको निरंकुशता ,अहंकार, दम्भ र प्रतिशोध नै हो। भ्रष्टाचार,सीमित समुदायको श्रोत र साधन माथिको एकाधीपत्य,अन्याय पूर्ण बितरण प्रणालीले देशमा कसरी अनिष्ठ निम्त्याउछ भन्ने हालैको बंगलादेशको घटना बाट सरकार र दलहरुले समयमै उचित शिक्षा लिनु जरुरी छ। One stitch in time saves nineæ“ समयमै सोचौं।
बंगलादेशमा भएको अल्पसंख्यक हिन्दू तथा बौद्ध धर्मावम्बीहरू माथिको क्रूर पासविक आक्रमण को घोर निन्दा र खेद व्यक्त गर्दै सरकार को मौनतमा दुखित छु।”