Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेट, सहकारी ठगी लगायतका भ्रष्टाचारका फाइल खोल्नुपर्छ ः गगन थापा

नुवाकोट पुकार २९ श्रावण २०८१, मंगलवार १९:२०

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले आम रुपमा चर्चामा आएका सबै भ्रष्टाचारका विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताउनु भएको छ । बुँदागत रुपमा विषय समेटेर बोल्नु भएका थापाले यि सबै विषयमा वर्तमान सरकारले प्रष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो ।

सरकार निरन्तरताको प्रयाय भएको भन्दै नियम, कानून र प्रमाणका आधारमा सबैविषयको छानविन हुनुपर्ने र त्यसको प्रष्ट जानकारी सदनलाई गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले विद्युत महसुलका विषयमा उद्योगबाट उठाउनुपर्ने एक रुपैयाँ पनि छाड्न नहुने बताउनुएको छ ।

संसद्को विशेष समयमा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको लाइन जोड्न निर्देशन दिँदै अनावश्यक रकम लाद्न खोजिएको बताउनुभएको विषयतर्फ सङ्केत गर्दै लहड र आदेशमा त्यसो गर्न नपाइने बताउनुभएको हो ।

थापाले डेडिकेटेड र ट्रङ्क लाइनको सुविधा लिएका उद्योगलाई सरकारले एक रुपैयाँ पनि छुट दिन नपाउने भन्दै लहड र आदेशले बक्यौता छुट दिन नपाइने उल्लेख गर्नुभयो । अदालत, संसदीय समिति र आयोगले गरेका निर्णय बाहिर गएर दायाँबायाँ गर्ने अधिकार सरकारलाई नभएको उहाँको भनाइ छ ।

डेडिकेटेड र ट्रङ्क लाइनको महसूल विवादबारे यसअघिका सरकारले दर्जनौँ निर्णय गरेका, अदालतले फैसला गरेको, संसदीय समितिले निर्णय गरेको र लाल आयोग बनाएको स्मरण गराउँदै महामन्त्री थापाले कुनै पनि नयाँ सरकारले यो सबै कुराबाट अलग भएर निर्णय गर्न नपाउने बताउनुभयो । उहाँले बक्यौता उठाउने कुरामा सरकारले विश्वास दिलाउनुपर्ने पनि बताउनुभयो ।

थापाले भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेट, सहकारी ठगी लगायतका भ्रष्टाचारका फाइल यो सरकारले खोल्नुपर्ने पनि उल्लेख गर्नुभयो ।

यस्तै बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

Continue Reading

Previous: १६ अर्ब ऋण र अनुदान स्वीकार गर्न वार्ता टोली गठन गर्ने सकारको निर्णय
Next: गोरखा र बागलुङका बाढी पहिरोपिडितलाई लायन्स क्लबको सहयोग

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार