
काठमाडौँ — प्रमुख सत्तारुढ दलहरुको बैठक आज पनि बस्ने भएको छ । सरकारले सय दिन पूरा गरेको विषयमा समिक्षाकासाथ रास्वपाको आन्दोलन र राजनीतिक दल विभाजन सम्बन्धि विधेयकका विषयमा छलफल गर्न बैंठक बस्न लागेको बुझिएको छ ।
बुधबार मात्रै बालुवाटारमा जुटेका सत्तारुढ दलहरूबीच शुक्रबार पुन ः छलफल गर्न लागेकाले यसबारे थप चासो समेत सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएको भएपनि योसमाचार तयार पर्दासम्म बैठक सुरु भएको छैन ।