Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एमाले नुवाकोटको क्षेत्रीय अध्यक्षमा समर आलेमगर र सुशिल खड्का चयन

नुवाकोट पुकार ९ कार्तिक २०८१, शुक्रबार १७:४६

विदुर । नेकपा एमाले नुवाकोटको दोस्रो पूर्ण बैठक आज विदुरमा बसेको छ । पार्टी स्थायी कमिटिका सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीको प्रदेश तथा क्षेत्रीय तहमा नेतृत्व चयन गरेको छ । जिल्ला अध्यक्ष बद्री मैनालीका अनुसार बैठकले क्षेत्र नं १ को अध्यक्षमा सुशिल खड्का र क्षेत्र नं २ को अध्यक्षमा समर बहादुर आलेमगरलाई चयन गरेको छ ।

अध्यक्ष मैनालीको सभापतित्वमा भएको पूर्ण बैठकमा पार्टीका नेताहरु केशव पाण्डे, नारायण खतिवडा, ठाकुर गजुरेल, विन्दा ढुंगाना, केपी लामिछाने,बुद्धि प्रधान लगायतका जिल्ला तहका अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो । एमालेले क्षेत्रको जिम्मेवारी दिएका मध्ये क्षेत्र नं १ का अध्यक्ष खड्का गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरेका हुन । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेस क्षेत्र नं १ को प्रदेश क को सभापति थिए ।

स्थानीय तहको निर्वाचनमा आफू निकट मानिएका योगिन्द्रसिंह लामाड.ले दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा टिकट नपाएपछि
तामाड. र खड्का दुवै एमाले प्रवेश गरेका थिए । योगिन्दसिंह तामाड. कांग्रेसमा फर्किएका सक्रिय राजनीति गरिरहेका छन् भने खड्का एमालेमा सक्रिय छन् । यस्तै समर आलेमगर भने एमालेबाट २०५४ सालमा नै तारुका गाविसको अध्यक्ष थिए भने यसअघि २०७४ मा भएको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी जिल्ला कमिटि सदस्यबाट क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा पुगेका हुन । यस्तै बैठकले प्रदेश संयोजकहरु पनि चयन गरेको बताइएको छ ।

Continue Reading

Previous: कांग्रेस सरकारको कामप्रतिअसन्तुष्ट छैन ः सभापति देउवा
Next: सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैन ः सत्ता गठबन्धन

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार