
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उर्जा तथा जलस्रोत विभागको सदस्यहरु मनोनयन गर्नुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहनु भएको समितिमा दश जना सदस्यहरु मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
सभापति देउवालेजगदीशबहादुर पाल, दार्चुला,ई. विनोद देवकोटा, गोरखा,लव ढुंगाना, काठमाण्डौ, गोरखबहादुर केसी, रुकुम पश्चिमटीएल रिजाल, बर्दिया,धर्मनारायण शाह, सप्तरी,प्रमोद दवाडी, काठमाण्डौ,विकास अधिकारी, चितवन,पुष्पा शेरचन, मुस्ताङ, तिलविक्रम चेम्जोङ, पाँचथरलाई मनोनयन गर्नुभएको छ ।
