Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त

नुवाकोट पुकार २४ कार्तिक २०८१, शनिबार १२:१०

काठमाडौं । नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त हुनु भएको छ । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।

विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहनु भएका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराउनु भयो । कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा. अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गर्नुभयो । ‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ठ नै छौं । अब प्रिन्सिपलको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विस्वास छ ।’ उहाँले भन्नुभयो ।
काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताउनु भयो । साथै उहाँले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताउनु भयो । कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उहाँको प्रतिबद्धता छ । ‘यो संस्थाको गरिमा बढाउन, यसको शैक्षिक, प्राज्ञिक र स्वास्थ्य क्षेत्रको विकास, स्तरोन्नतीका लागि हामी सबैको ऐक्यबद्धता हुनुपर्दछ । म प्रिन्सिपलको भूमिकामा रहँदै गर्दा यहाँहरु सबैसँग सहकार्य गरेर अगाडी बढ्नेछु ।’ पदस्थापन कार्यक्रममा उपस्थित भएका कलेजका भाइसप्रिन्सिपल, प्रबन्ध निर्देशक, निर्देशक लगायत विभागीय प्रमुख, फ्याकल्टीहरुलाई संवोधन गर्दै डा. मरहठ्ठाले भन्नुभयो ।

कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा. मरहठ्ठालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले प्रिन्सिपल भनेको कलेजको गरिमालाई उच्च बनाउने पद भएकोले डा. मरहठ्ठाको कार्यकाल सफल रहने विस्वास गर्नुभयो । साथै, सो अवसरमा उहाँले प्रिन्सिपललाई सफल बनाउन विभागीय प्रमुख, फ्याकल्टी, म्यानेजमेन्ट सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । ‘उहाँ यसअघि ३ वर्ष नेपालगञ्ज मेडिकल कलेजको प्रिन्सिपल भइसक्नु भएको छ । यसै कलेजमा ३ वर्षदेखि अस्पताल निर्देशकको भूमिका समेत निर्वाह गरिसक्नु भएकोले हामीलाई विस्वास छ प्रिन्सिपलको भूमिका पनि उहाँले न्यायोचित रुपमा निर्वाह गर्नुहुनेछ ।’ डा. साविहा यासमिनले भन्नुभयो ।

त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसक्नु भएका डा. मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ ।

कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालय अन्तरगतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रा.डा. प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा हुनुहुन्थ्यो । पारिवारिक कारणले उहाँले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो । 

Continue Reading

Previous: लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन: राष्ट्रपति पौडेल
Next: सत्ता नजिक होस् कि टाढा कानुन सबैका लागि बराबर ः महामन्त्री गगन थापा

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार