
विदुर । नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति धुर्व अधिकारी एवं पार्टीका पूर्व सचिव सुरेन्द्रराज अधिकारीलाई मातृशोक परेको छ ।
अधिकारीका ममतामयी माता ९२ वर्षीर्या लोककुमारी अधिकारीको आज आइतबार बिहान ५ बजे राजधानीको टोखा नगरपालिका ग्राण्डीस्थित आफ्नै निबासमा निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएका छन् । स्वर्गीय अधिकारीको आइतबार नै राजधानीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । पशुपति आर्यघाटनमा उहाँका आफन्तजन तथा नेपाली कांग्रेस नेता कार्यकर्ताहरु तथा अनइ आफन्तजजनहरु समेत पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नुवाकोट जिल्ला साविक दुईपिपल गाविस हाल बेलकोटगढी नगरपालिका वडा नं ६ दाहालथोकमा जन्मनु भएका अधिकारीको विदुर नगरपालिका वडा नं खिन्चेत केउरिनीका छविलाल अधिकारीसँग विवाह भएको थियो । अधिकारीका ६ भाई छोराहरु तथा ४ छोरीहरु रहेका छन् । छोराहरु बाबुराम ,केशब ,धुर्ब , गोपि , सुरेन्द्र र राजेन्द्र अधिकारी रहेका छन् । यसैबीच नेपाली कांग्रेस नुवाकोटले अधिकारी परिवारमा परेको मातृशोकप्रति दुःख व्यक्त गदै शोकसन्तप्त परिवारजनामा समवेदना प्रकट गरेको छ ।
यस्तै कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, बहादुरसिंह लामा, जगदीश्वरनरसिंह केसीसहितका नुवाकोटका नेताहरुले पनि अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत नुवाकोटका कांग्रेस नेता कार्यकर्ता तथा अन्य राजनीतिक दलका नेता कार्यकर्ताले पनि अधिकारी परिवारमा परेको शोकप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।