
दरबारमार्गमा भएको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली , तस्बिर, नुवाकोट पुकार
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले स्थायित्व कायम गरेको भन्दै लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । “नेपालको आर्थिक अवस्था खराब अवस्थामा थियो । अहिलेको एमाले–कांग्रेसको सहकार्यमा बनेको सरकारले लिएको नीति र योजनाका कारण अर्थव्यवस्थामा सुधार भइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

आर्थिक सुशासन र आर्थिक वृद्धि नभएसम्म देशमा विकासको गति बढ्न नसक्ने भएकाले नेपालका उद्योगी व्यवसायीसँगै बहुराष्ट्रिय कम्पनीहरूलाई समेत लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । “तपाईँहरू लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच् ग्७बन्ध्न् भ्एको भन्दै यो गठबन्ध्न् ०८४ सम्म कायम रहने बताउनुभयो । उहाँले सरकार ढल्छ भन्नेहरुलाई जवmाप दिँदै भन्नुभयो, यो सरकार एक महिना पनि टिक्दैन भन्नेहरुलाई म कान खोलेल सुनन आग्रह गर्दछु , यो सरकार ०८४ सम्म नै कायम रहन्छ । १८ महिना मैलै नेतृत्व गरेपछि ०८३ मा कांग्रेसका शेरबहादुरजिले नेतृत्व गर्नुहुन्छ यो हाम्रो सहमति हो ।

कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले देशका लागि एमाले पार्टी काम गर्न जन्मिएको भन्दै काम गर्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री लागेका आरोपको खण्डन गर्दै प्रष्टिकरण समेत दिनुभएको थियो । कार्यक्रम अघि एमालेका नेता,कार्यकर्ता तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले र्यालीको आयोजना गरेका थिए ।