
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्राङ्गणमा समुदाय प्रहरी साझेदारी अन्तर्गत नवनिर्मित भगवती मन्दिर तथा नागरिक सहायता कक्षको उद्घाट गरिएको छ । प्रहरी महानीरिक्षक बसन्त बहादुर कुवँरले कार्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच नवनिर्मित भवनको उद्घाटन् गर्नुभएको थियो ।

भवन उद्घाटन् कार्यक्रमका महानीरिक्षक कुँवले
जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा निर्माण गरिएको भगवती मन्दिर र नागरिक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूहका क्रियाकलाप नियन्त्रण गर्दै नागरिकको स्वतन्त्रता सुनिश्चित हुने कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।
“समाजमा गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति तथा समूह एवम् सामाजिक सञ्जालको दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध खरो रूपमा प्रस्तुत हुन प्रहरी सदैव तयारी अवस्थामा बस्नुपर्छ”, उहाँले भन्नुभयो, “कुनै किसिमको दबाब र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिबद्ध भएर आफ्नो साख जोगाउन लाग्नुहोस् ।”
सीमित स्रोत साधनबाट नै प्रहरीले आफ्नो शत्प्रतितशत योगदान दिने प्रयास हरदम जारी राखेकाले अभाव, दबाब र प्रभावमा नपर्नका लागि प्रहरी कर्मचारीलाई महानिरीक्षक कुँवरले सचेत गराउनुभयो ।
प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउनसक्ने विपद्जन्य घटना सबैको चुनौतीका रूपमा रहेको हुँदा त्यसको सामनाका लागि सुरक्षा निकायको सुदृढ तयारीका साथै सरोकारवाला निकायबीचको सामूहिक प्रयास, ऐक्यबद्धता र प्रभावकारी समन्वय अपरिहार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा चुनौती तथा जोखिमको विश्लेषण गरी ‘निर्वाचन सुरक्षा योजना’ निर्माण गर्न तथा कार्यान्वयनको निमित्त तयारी अवस्थामा रहन उहाँले मातहतको प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रहरी संगठन जनताको सेवा गर्ने संस्था भएकाले यसले आफ्नो मर्म र भावनामाथि कहिलेई कमजोरी हुन नदिने उल्लेख गर्नुभयो । उहाँले प्रहरी संगठनलाई इमान्दार भएर काम गर्न आग्रह गर्दै प्रहरी जनताको साथी भएको पनि बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम ठकुरी,विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी,नेपाली कांग्रेसका उपसभापति राजु थापासहितका अतिथिहरुले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा विदुर नगरपालिका मेयर प्रभा बोगटी,जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वुद्धिविजिहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईरालाले भवन निर्माण तथा मन्दिर निर्मार्णका विषयमा कार्यालयकोतर्फबाट भनाई राख्नुभएको थियो । सो अवसरमा निर्माणमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमसँगै महानीरिक्षक कुँवरले प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिनुभएको थियो ।