Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बालाचतुर्दशीका लागि शिव मन्दिरहरुमा दर्शनार्थीको भीड लाग्दै

नुवाकोट पुकार १४ मंसिर २०८१, शुक्रबार ०९:४४

काठमाण्डौ – बालाचतुर्दशीका पशुपतिलगायत शिव मन्दिरहरुमा दर्शनार्थीको भीड सुरु भएको छ । मङ्सिर कृष्णपक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । आज रातभर जाग्राम बसेर भोलि बिहान दीप बाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न ठाउँमा शतबीज छरिन्छ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज (धान, जौँ, तिल, गहुँ, चना, मकै, कागुनो ) छर्ने परम्परा छ ।

यस्तै देशभरका पशुपति आउन नसक्ने भत्तःज्न्ह्रुले आफ्ना पितृको मोक्षका लागि शिवालयमा भेला भएर रातभ्र जाग्राम बस्ने र भोलि बिहान सद्बिज छर्ने गर्दछन् । यस्तै नुवाकोटको दुप्चेवर,झिल्केश्वरी, बेत्रावतीको त्रिवेणी धाममा पनि भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

बालाचतुर्दशीमा शतबीज छर्ने अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । जाग्राम बस्ने भक्तजनका लागि पाललगायतको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार आज दिउँसो २ बजेपछि मात्र भक्तजनलाई कैलाश क्षेत्रमा प्रवेश गर्न दिइनेछ ।

कैलाश क्षेत्रमा पसल राख्न प्रतिबन्ध लगाइएको छ । भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिनुभयो ।

यस्तै पशुपति क्षेत्रमा मासु र जाँडरक्सीको बिक्री वितरणमा रोक लगाइएको छ । पशुपतिनाथको मेलाका लागि काठमाण्डौ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गरेको जनाएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०लाई अनुरोध गरेको कोषले जनाएको छ ।

मेलाका लागि सुरक्षा व्यवस्था, गाडी व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।

यस्तै नाम दर्ता गरेर पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार एक सय रुपैयाँका दरले शुल्क लिने भएको छ । राति बस्न नसक्नेका लागि शुल्क लिएर बत्ती कुरिदिने व्यवस्थाका लागि शुल्क लिन लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता अधिकारीले बताउनुभयो । आफैँ बत्ती कुरेर बस्नेले भने कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

Continue Reading

Previous: चार एसपी एसएसपीमा बढुवा
Next: उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार