Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एमालेले भीम रावललाई पार्टीबाट हटायो, विन्दा र उषालाई ६ महिना निलम्बन

नुवाकोट पुकार १० पुष २०८१, बुधबार १९:३१

काठमाडौं । नेकपा (एमाले) ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी तथा समाजसेवी मीनबहादुर गुरुङले पार्टीका लागि जग्गा दान गरेको विषय र विभिन्न समयमा पार्टीविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

आजको सचिवालय बैठकले पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीबाट हटाएको हो । “अभिव्यक्ति पार्टीलाई बलियो बनाउनेभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएकाले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने । रावल १०औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बनेका थिए ।

अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्य अस्वीकार गरे । त्यसपछि पार्टीले सल्लाहकार परिषद्‌मा जिम्मेवारी दिए पनि बस्न अस्वीकार गरेका थिए । सोही अनुसार कारबाही गरिएको एमालेले जनाएको छ ।

यसैबीच पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरेको छ ।आज बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो । नेतृद्धयले एमाले पार्टी कार्यालयलाई जग्गा दिने भाटभटेनी सुपर मार्केटका मिन बहादुर गुरुङको आलोचना गरेका थिए । नेतृद्धय नुवाकोटका हुन । विन्दा महेन्द्र पाण्डेकी आफ्नै बहिनी हुन ।

Continue Reading

Previous: कर्णाली डेभलपमेन्ट बैङ्क समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले गर्‍यो ‘टेक ओभर’
Next: यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार