Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन सिफारिस

नुवाकोट पुकार १३ पुष २०८१, शनिबार ०६:३६

काठमाडौं । नुवाकोटस्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा सरकारको नाममा हुनुपर्ने निष्कर्ष निकालिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सो निष्कर्ष निकाल्दै सरकारको नाममा ल्याउन सिफारिस गरेको हो ।

सिआइबीका प्रमुख एआइजी दीपक थापाले अनुसन्धानको क्रममा देखिएका तथ्यहरू स्थापित गर्दै सरकारको नाममा ल्याउन सिफारिस गरेको हुन् । अनुसन्धानले १६३ रोपनी जग्गा सरकारको नाममा आउनुपर्ने देखिन्छ, सबै तथ्य र प्रमाणले यही पृथ्वीनारायण शाहको शीतकालीन दरबारको चर्चामा रहेको नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा हुनुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

त्यसका लागि थप अनुसन्धान गर्न र कर्मचारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्रचार गरेको पनि एआइजी थापाले जानकारी दिए । ‘थप कारबाहीका लागि अख्तियारलाई समेत अनुरोध गरेका छौँ’, थापाले भने ।

सिआइबीले नेकपा ९माओवादी केन्द्र० का नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो । ुसिआइबीको अनुसन्धानबाट १६३ रोपनी जग्गा सरकारको हुने ठहर्छ’, सिआइबीका एआइजी थापाले भने ।

निजी कम्पनीमार्फत जग्गा प्लटिङ गरेर बेच्ने प्रकृया सुरु भएपछि सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । ‘प्रहरीको अनुसन्धान प्रतिवेदन र सिफारिस बुझाइसकिएको छ, यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाइएको छ’, सिआइबीका उच्च अधिकारीले भने ।

माओवादीका पूर्व केन्द्रीय सदस्य र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिवसमेत रहेका श्रेष्ठले अन्नपूर्ण फार्मिङको नामको सबै शेयर खरिद गरेका थिए । सबै जग्गासमेत गरेर कुल १६४ रोपनी १३ आना ३ पैसा १ दाम क्षेत्रफल रहेको ९ आलिकान्लासहित १७५ रोपनी ८ आना २ दाम र आसपासको गरी अर्को ९ रोपनी गरी हाल १८४ रोपनी जग्गा विसं। २०३५ सालमा नापी हुदाँ गौरीशंकर फार्मिङ प्रालीको नामम कायम थियो ।

सोही जग्गाको दर्ता श्रेष्तामा विसं २०४४ साल असार ११ को निर्णयअनुसार सो प्रालिको सट्टामा अन्नपूर्ण फार्मिङ प्राली कायम गरेको भनेर २०४४ असार १८ को मितिमा उल्लेख गरिएको छ । सो अन्नपूर्ण फार्मिङ प्रालिको नाममा कायम भएको ती जग्गाहरू बिदुर नगरपालिका वडा नं। २ स्थित कित्ता ८२ ,८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५,९७ र ९८ गरेर १३ वटा कित्तामा रहेका अन्नपूर्ण फार्मिङ प्रालिको नामबाट उक्त प्रालीको खरिद(बिक्री भएर रानीको दरबारको रूपमा रहेको जग्गाहरूको प्रालिसँगै कारोबार भएको पाइएको मालपोत कार्यालयबाट प्राप्त भएका कागाजातमा उल्लेख छ ।

दरबारसहितको फार्मिङ कम्पनीको नाममा बनाइएको जग्गाहरू आवादी ३ कित्ता मात्र रहेको छ भने प्रति ९सरकार० जग्गा ५ कित्ता, ३ कित्ता जग्गा पोखरी, १ कित्ता जग्गा केरा र १ कित्तामा बगैँचा रहेको जग्गाधनी श्रेष्ता किताबमा नै उल्लेख छ । प्रति, पोखरी, केरा र बगैँचा भएका जग्गाहरू स्वतः सरकारी जग्गा हुने भएपनि ती जग्गाहरूसमेत फर्मिङ प्रालिको नाममा नापी भएको पाइएपछि राज्यको सम्पत्ति दुरुपयोग भएको भूमिसुधार मन्त्रालयले जनाएको छ ।त्यसैगरी रानीको दरबारको रूपमा चर्चिएको जग्गाहरु कित्ता ७९, ८० र ८१ ९८१ नं को कित्ता टुक्राएर हाल १७५२ र १७५३ बाइएको छ भने हेलेन शाहबाट बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत ९चित्रकार०को सयुक्त नाममा करीब २० रोपनी जग्ग्गाहरू बिक्री गरेको पाइएको छ ।

उक्त जग्गाधनीहरूले ८१ नं को कित्ता टुक्राएर वर्षा बस्नेतको दाइ तादी गाँउपालिका नर्जामण्डप निवासी हाल काठमाडौं बस्ने बसन्तबहादुर बस्नेतलाई मिति २०८० माघ १५ गते ९ आना जग्गा रू। पाच लाखमा बिक्री गरेको पाइएको छ । ८१ नं को कित्ताबाट टुक्राएपछि बाँकी ६ रोपनी जग्गाहरू बट्टार निवासी रजनी श्रेष्ठ र वर्षा बस्नेत ९चित्रकार०को सयुक्त नाममा किता नं १७५३ बनाएर राखिएको छ । (नागरिक दैनिकबाट)

Continue Reading

Previous: अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि पुस १७ गते निर्वाचन हुने
Next: कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार