नुवाकोट । नुवाकोटको बेलकाेटगढी ७ महादेवफाँटमा रहेकाे महादेव माध्यमिक विद्यालयले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ४१ जना उत्तीर्ण भएका छन् भने उत्तीर्ण प्रतिशत ८२ रहेको विद्यालयले जनाएको छ।
विद्यालयकी छात्रा वर्षा नेगीले ३.७५ जिपिए ल्याउँदै विद्यालयमा सर्वाधिक अंक हासिल गरेकी छन्। यस्तै, अश्विन सिग्देल र सनिका नेपालले ३.५८ जिपिए प्राप्त गरेका छन्।
उत्तीर्ण हुने विद्यार्थीहरूमा वर्षा नेगी, अश्विन सिग्देल, सनिका नेपाल, सदिक्ष्या नेपाल, सुप्रिम नेपाल, सदिक्षा घिमिरे, प्रेन्सु वस्ती, सन्देश राई, सोनिया वस्ती, रेजिना लामा, आयुषा घिमिरे, सन्दीप खड्का, मनीष श्रेष्ठ, रेबिका खनाल, सुजिता बिके, सुबिजा राई, अनुप बुलुन, साङ्ग्या लामा, अमृता राई, अनुग्रहा राई, सोनु तामाङ, सुनिता राई, पनिशा रिजाल, जोन राई, अमरोज राई, अमृत पौडेल, सुस्मिता राई, कर्णबहादुर घले, सरोज ढकाल रहेका छन् ।
यस्तै मनीष विश्वकर्मा, प्रजिना राई, सोनिका लामा, सुस्मिता सुनार, दिपक राई, निर्दोषिका नेपाल, आशिम राई, मनिषा राई, सुस्मिता तामाङ, सुशील राई, अभिषेक तामाङ र धिरन तामाङ रहेका छन्।
गत वर्ष पनि नगरपालिकाभित्र सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले यस वर्ष पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको छ। विद्यालय परिवारले सफल सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
नाेट : भुलवस यस समाचारमा फरक तस्बिर परेकाले सच्याउँदै विद्यालयकाे फाेटाे राखिएको छ ।सम्पादक
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्