|
२०८३ भाद्र १८, बिहीबार १०:३९
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहीबार बस्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।
बैठकमा समितिसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ। समितिका सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्