राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशन चुनाव जेठ ३० गते, ईभीएममार्फत मतदान हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २८, बिहीबार १७:१९

प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएपछि स्थगित निर्वाचन प्रक्रिया पुनः सञ्चालन, स्मार्ट दरबारमा मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत स्थगित निर्वाचन प्रक्रिया पुनः सञ्चालन हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार प्राविधिक तथा व्यवस्थापकीय तयारी सम्पन्न भएसँगै बाँकी निर्वाचन तथा मतदान प्रक्रिया जेठ ३० गते सञ्चालन गरिने भएको हो।


आयोगका अनुसार मतदाता नामावली प्रमाणीकरण, समयोजन सूची व्यवस्थापन तथा प्राविधिक परीक्षणलगायत सम्पूर्ण तयारी सफलतापूर्वक सम्पन्न भइसकेको छ। निर्वाचन प्रक्रिया पूर्ण रूपमा विद्युतीय मतदान मेसिन (EVM) मार्फत सञ्चालन गरिने जनाइएको छ।


मतदान जेठ ३० गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा हुनेछ। मतदानमा सहभागी हुन प्रतिनिधिहरूले पार्टीद्वारा जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने आयोगले जनाएको छ।


निर्वाचन आयोगले मतदान स्थलमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न, शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरण कायम राख्न र निर्धारित समयभित्र मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न सबै प्रतिनिधिहरूलाई आग्रह गरेको छ।
रास्वपाले निर्वाचन प्रक्रियालाई सफल, पारदर्शी र व्यवस्थित बनाउन सम्पूर्ण प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको सहयोगको अपेक्षा गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *