विदुर । नुवाकोटस्थित शिवपुरी गाउँपालिकाले आइतवार शैक्षिक संस्था सञ्चालन गर्ने आफ्नो पूर्व निर्णय खारेज गर्दै अब आइतवार पनि बिदा दिने निर्णय गरेको छ।
पालिकाले यसअघि शैक्षिक क्यालेन्डर र पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले आइतवार कक्षा सञ्चालन गराउने निर्णय गरेको थियो। तर नेपाल सरकारको निर्णयभन्दा फरक व्यवस्था गर्दा पालिकाका गतिविधिमा असर पर्ने निष्कर्षसहित उक्त निर्णय फिर्ता लिइएको जनाएको छ।
बिहीबार बसेको पालिकाको बैठकले पालिकाभित्र सञ्चालित सबै शैक्षिक तथा धार्मिक विद्यालयमा आइतवार बिदा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष गोविन्द थपलियाद्वारा जारी सूचनामा सम्बन्धित सबै संस्थालाई निर्णयअनुसार कार्य गर्न आग्रह गरिएको छ।
यता नुवाकोट जिल्लाका अन्य स्थानीय तहहरूले भने आइतवार नियमित पठनपाठनलाई निरन्तरता दिएका छन्। शिवपुरी गाउँपालिकाको यो निर्णयपछि जिल्लाभित्र शैक्षिक संस्थाको सञ्चालनमा फरक अभ्यास देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्