|
२०८३ जेष्ठ २८, बिहीबार २१:३९
नुवाकोट — विदुर नगरपालिका–६, खम्बा क्याम्प स्थित फेमिली लज एण्ड होटलमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छन्।
मंगलबार झुन्डिएको अवस्थामा भेटिएकी ती युवतीलाई तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक रुकुम पश्चिम निवासी तथा सशस्त्र प्रहरी बलमा कार्यरत रहेको खुलेको छ।
प्रहरीका अनुसार उनी आफ्ना साथी वासुदेव थापामगरलाई भेट्न नुवाकोट आएकी थिइन्। घटनापछि शव पोस्टमार्टमका लागि त्रिशुली अस्पताल पठाइएको छ।
वासुदेव थापामगर खम्बा क्याम्पस्थित केन्द्रीय कारागार सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीतर्फ कार्यरत रहेको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार उनीहरूबीच प्रेम सम्बन्ध रहेको स्थानीय स्रोतले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्