Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सव मनाइँयो

नुवाकोट पुकार ११ माघ २०८१, शुक्रबार १०:००

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ६०औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । बिहीबार बैंककौ केन्द्रीय कार्यालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । सो अवसरमा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ । 

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो ।  “वर्तमान सरकार औसत काम गरेर दिन बिताउने पक्षमा छैन, समस्याका चाङ पन्छाएर छोटो अवधिमै दूरगामी महत्वका उपलब्धि आर्जन गर्न चाहन्छ”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “निराशालाई आशामा बदल्न सरकारले नीतिगत तथा कानुनी सुधार गरिरहेको छ ।”

सरकारको तीव्र आर्थिक विकासको योजनालाई साकार बनाउन राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृष्टिमा परिचालित गर्न निर्देशन दिनुभयो । सरकार परिणाममुखी कामका लागि तीव्र गतिमा काम गर्न चाहन्छ भन्ने यसअघिका कामकारबाही र निर्णयबाट पुष्टि भइसकेको जनाउँदै उहाँले गुणस्तरीय सेवा प्रवाह र सुशासन, विदेशी लगानीलाई प्रोत्साहन गर्न अध्यादेशमार्फत ३२  कानुन संशोधन गरिएको स्पष्ट पार्नुभयो ।

कडा मेहनत र परिश्रमबाट असाधारण  उपलब्धि हासिल गर्ने दिशामा खट्न निर्देशन दिँदै उपप्रधानमन्त्री पौडेलले बैङ्कको प्रगति र प्रतिष्ठा व्यवस्थापन र कर्मचारीको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले केही बैङ्क र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताउनुभयो । समस्याग्रस्त संस्थाको व्यवस्थापन नियामकको हिसाबले राष्ट्र बैङ्कले गर्ने जनाउँदै उहाँले भन्नुभयो, “बाह्य हल्लाका पछाडि लाग्नुहुँदैन, उतारचढाव आउन सक्छन्, त्यो स्वभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ, कुनै पनि निक्षेपकर्तालाई डुब्न दिइँदैन ।”

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका साथ रावा बैङ्क आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताउनुभयो । उहाँले खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालनालगायत क्षेत्रमा बैङ्कले सुधार गर्दै लगिरहेको बताउनुभयो ।

देशैभर दुई सय ९४ शाखा रहेको सो बैङ्कले ७७ वटै जिल्लामा ४६ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा दिँदै आइरहेको छ । 

चालु आवको पुस मसान्तसम्म बैङ्कको कुल निक्षेप रु चार खर्ब ५० अर्ब, कुल कर्जा सापट रु दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड, कुल सम्पत्ति रु पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ रु दुई अर्ब ५५ करोड रहेको सो अवसरमा जानकारी दिइयो ।

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले कोहलपुर र महेन्द्रनगर शाखाका नवनिर्मित भवन र विभिन्न २७ शाखाको डिजिटल कारोबारको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्नुभएको थियो । 

त्यसक्रममा उपप्रधानमन्त्री पौडेलले बैङ्कले प्रशासन गरेको स्मारिका ‘उपहार २०८१’ विमोचन गर्नुभएको थियो । 

समारोहमा बैङ्कमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक र उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालय र सेवा निवृत्त ज्येष्ठतम् कर्मचारीलाई सम्मान गरिएको थियो ।

Continue Reading

Previous: गरिमा विकास बैंकको डेविट र क्रेडिट कार्ड मार्फत अनलाईन भुक्तानी गर्न सकिने
Next: तोलाको १ हजारले बढ्यो सुनकाे भाउँ

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

छुटाउनु भयो कि ?

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५
कांग्रेस बिलयो बनाउने सूत्र खोजौंं

कांग्रेस बिलयो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०७:५७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार