
जल तथा मौसम पूर्वानुमान शाखाले यो वर्ष सरदर भन्दा ४० देखि ४५ प्रतिशत बढि पार्ने पर्ने पूर्वानुमान गर्दै त्यसबाट बच्नका लागि पूर्वतयारीमा लाग्न नेपाल सरकारसहित तत् तत् निकायमामा आग्रह गरिसकेको छ ।
महाशाखाले दिएको सूचनाले यहि समय भन्दा पनि त्यो दिनभित्र वा हप्ताभित्रको सम्भावित घटनालाई जानकारी गराईनैरहेको छ । तर यति हूँदाहुँदै पनि हाम्रो हेलचक्र्याईका कारण त्यसबाट क्षति हुने गर्दछ । मंगलबार बिहान भोटेकोशीमा आएको बाढीले उत्तरी हिमाली जिल्ला रसुवामा ठुलो जनधनको क्षति हुन पुगेको छ । यो सम्पादकीय लेखिरहँदासम्म १८ जना सम्पर्कविहिन अवस्थामा छन । रसुवा र चीन जाड्ने मितेरी पुल बगाएको छ । दर्जनौ गाडीहरु बगेका छन् । विगत तीन चार दिनदेखि मौसम पूर्वानुमान महाशाखाले यसबारेमा जानकारी गराएको थियो । तर त्यो हदसम्म पानी पर्ला र बाढीको जोखिम होला भन्ने पूर्वानुमान हामीले गर्न नसकेका कारण क्षति हुन पुगेको छ । यो हाम्रो कल्पना भन्दा बाहिरको कुरा हो । ठुलो पानी आउने र बाढीले हाम्रा संरचनाहरु भत्काउने कुरा हाम्रो बसमा हुँदैन । केवल हामीले भौतिक संरचना जोगाउने भन्दा पनि मानव जीवनलाई जोगाउनेतर्फ ध्यान दिनु पर्ने हुन्छ ।
अर्कोतर्फ मंगबार बिहान नुवाकोटकै मुख्य बजार त्रिशूली बजार नजिकै नदीमा बाढी आएको बेला दाउरा संकलन गन गएको दुई जना दम्पत्ति भगवान्को कृपाले बाच्न सफल भएका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरले सकुशल उद्धार गरेको छ । झण्डै साढे दुईघण्टा बाढी आएको त्रिशुली नदीको बीचमा रहेको रुखमा चढेर ज्यान जोगाएका थिए । उनीहरु बाढी आएको थाहा पाउँदा पाउँदै नदीमा गएका थिए । एउटा गरिबीको मजबुरी उनीहरुका लागि त छदँैछ तर बाढी आएको बेलामा यसरी त्रिशूली नदीमा जानु भनेको मुर्खता हो । हामीले जानजान यस्ता मुर्खता गर्न सुहाउँदैन । राज्य कता अलमलिएको हुन्छ , राज्यले बचाउँछ वा बचाएर भनेर हामीले सराप्न पनि मिल्ने अवस्था हुँदैन । सकेसम्म त उद्धारका प्रयास गरेकै हुन्छ । त्रिशूलीमा भएको उक्त घटनामा रुख ढलेको भए के उनीहरु बाच्न सक्थे वा राज्यले बचाउन सक्थ्यो त ? यो हामीले विचार गर्नुपर्दछ । बाढीका कारण नदीका किनारहरुमा मानिहरुका शवहरु देखिन थालेका छन् । यसले अनुमान गर्न सकिन्छ कि भोटोकोशी बाढीले निकै ठुलो क्षति पुर्याएको छ ।
वर्षात र बाढी आउने सम्भावना अझै दुई महिना बाँकी छ । त्यतिबेलासम्म सहि सूचना प्रवाह गर्नु जरुरी छ भने हामी नागरिकले पनि आफूलाई सचेत राख्न सक्नुपर्दछ । सरकार खोजेर मात्रै हामी बच्न सक्दैनौ । आफू सचेत हुनैपर्दछ । सरकारले सकेसम्म त गर्ने कुरा छदैछ । यसर्थ अबका दिनमा फेरि भोटेकोशीबाट आएको बाढीबाट भएको जस्तै मानवीय र भौतिक क्षति हुन नदिन सरोकार सबैको ध्यान जान आवश्यक देखिन्छन् ।बाढी पहिरोबाट ज्यान गुमाउनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली ।