
काठमाडौं, असार २४ । चिकित्सकहरुले उठाएका मागका विाष्यमा सरकारले सहमति जनाएपछि चिकित्सक संघको आन्दोलन फिर्ता भएको छ । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएसँगे आन्दोलनका कार्यक्रम फिर्ता गरिएको नेपाल चिकित्सक संघले जनाएको छ ।
संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग आज साँझ सरकारले वार्ता गरेको थियो । स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलपछि सहमति जुटेको बताइएको छ । सहमतिसँगै चिकित्सकहरु आजैबाट काममा फर्कने सहमति पनि भएको छ ।