
चितवन । रसुवाको बाढीमा बेपत्ता भएका एक प्रहरीको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको छ ।
बाढीमा बेपत्ता तीन प्रहरीमध्ये असई लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उनको श्रीमतीले गरेकी थिइन् ।