धादिङमा कांग्रेसका १० हजारभन्दा बढी क्रियाशील सदस्यले अद्यावधिक गरेकाे दावी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २९, शुक्रबार ११:२०

काठमाडौं ।नेपाली कांग्रेसको सदस्यता अद्यावधिक अभियानअन्तर्गत धादिङ जिल्लामा १० हजार ३१ जना क्रियाशील सदस्यको विवरण अद्यावधिक भएको छ। साथै जिल्लाभरबाट २ हजार ७२८ जनाले नयाँ सदस्यताका लागि आवेदन दिएका छन्।


अद्यावधिक तथ्यांकअनुसार सबैभन्दा धेरै सदस्य नीलकण्ठ नगरपालिका मा रहेका छन्, जहाँ २ हजार ८९४ जना क्रियाशील सदस्य दर्ता भएका छन्। त्यसपछि ज्वालामुखी गाउँपालिका मा १ हजार ३९८ र त्रिपुरासुन्दरी गाउँपालिका मा ९९२ जना सदस्य रहेका छन्।


यसैबीच, देशभरबाट ५ लाख ३८ हजार ६२२ जनाले सदस्यता अद्यावधिक गरिसकेका छन्। पार्टी संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन तथा आगामी महाधिवेशनको तयारीका दृष्टिले यो अभियानलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *