
विदुर । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननसिंह केसी नुवाकोट जिल्ला क्षेत्र नं २ बाट फराकिलो मत अन्तरकासाथ प्रतिनिधिसभामा विजयी हुन हुने भएको छ । केसीले यो समाचार तयारपार्दासम्म गणनाा भएको मत मध्ये २५ हजार २ सय ६६ मतकासाथ अग्रता लिइरहेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार नारायण खतिवडाले जम्मा १४०७६ मत पाएका छन् भने राष्ट्यि स्वतन्त्र पार्टीका सुमन पाण्डेले १४ हजार १८ मत पाएका छन् । यस्तै राप्रपाका झनक प्याकुरेलले १३९७ मत मात्रै पाएका छन् । अब गन्न बाँकी १०३०७ मात्रै रहेको र केसीले १०७०८ मत अन्तरमा अग्रता लिएकाले केसीको जित निश्चित भएको हो । केसीको यो नर्वौ पटकको निर्वाचनमा सहभागिता हो । पञ्चायत कालदेखि नै केसी निर्वाचनमा होमिदै आउनु भएको थियो ।
२०४८ सालमा बहुदलीय व्यवस्थापछि लगातार निर्वाचनमा होमिनु भएका केसी गत २०७४ सालको निर्वाचनमा एमालेका नारायण खतिवडासँग पराजित हुनु भएका] थियो । गत निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका कारण केसी पराजित भएपनि यस पटक माओवादी र कांग्रेसको गठबन्धनका कारण केसीले भारी मतलका साथ आफ्नो विजय यात्रालाई सफल बनाउनु भएको छ । मत गणना केही बाँकी भएपनि सामाजिक सञ्जालमा केसीलाई उहाका समर्थकहरुले बधाई दिन थालिसकेका छन् ।