Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

नुवाकोट पुकार २५ माघ २०८१, शुक्रबार १७:४१

फाइल तस्बिर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेहरूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ । शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले तीनैजना प्रतिवादीलाई समान एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, अभियुक्तहरूमध्ये दुईजना धरौटी बुझाएर रिहा भइसकेका छन् । धरौटी बुझाउन नसकेका एकजना अभियुक्त थुनामै छन् । दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राई धरौटी बुझाएर रिहा भइसकेका छन् । तर, धरौटी रकम बुझाउन नसकेका हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशीलाई थुनामै पठाइएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि यही माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको थियो । रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसमा सहकारीपीडितका तर्फबाट बहस गरेर बाहिरिने क्रममा आक्रमण भएको थियो ।

त्रिपाठीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू पक्राउ परेका थिए । उनीहरूविरूद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाइएको थियो ।

Continue Reading

Previous: प्रभु बैंकले दुग्ध उत्पादक किसानलाई सहज रुपमा ऋण दिने
Next: प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठक

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार