
प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव २०८१ को उद्घाटन मन्तव्य राख्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा,तस्बिर,नुवाकोट पुकार
पिपलटार । नुवाकोट जिल्लामा आयोजना गरिएको प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव २०८१ आजबाट सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमकाबीच महोत्सवको उद्घाटन गरेसँगै औपचारिक रुपमा महोत्सव सुरु भएको हो ।
कार्यक्रममा मुख्यन्त्री लामाले यस्ता महोत्सवहरुले जिल्लाका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महोत्सवले खेलकुदमा विकास पनि सहयोग पुग्ने भन्दै प्रदेश सरकारकाट जिल्लाको खेलकुदको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले यस्ता महोत्सवबाट खेलकुद मात्रै नभएर संस्कृतिलाई जर्गेना गर्दै पर्यटन वृद्धिका सहयोग पुर्याएको भन्दै आयोजकलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । उहाँले खेलकुदले देश चिनाउने भन्दै यसको धेरै ठुलो महत्व रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री लामाले खेलकुदलाई माध्यम बनाएर पनि विकास गन सकिने मुख्यमन्त्रीको धरणा थियो । मुख्यमन्त्री लामाले नुावकोटमा क्रिमेट ग्राउण्ड बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले बागतमी प्रदेश सरकारले खेलकुदको विकाससँगै संस्कृतिको पर्यटनको प्रवद्धनमा समेत काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन विकासक ालागि जलविहारको विकास गर्ने समेत उल्लेख गर्नुभयो । उहाँले नुवाकोटको नौ ओटा कोटलाई पनि प्रर्वद्धन गर्ने कुरामा जोड दिनुभयो ।
कांग्रेस केन्द्रीय समेत रहनु भएका मुख्यमन्त्री लामाले खानेपानी र सिँचाईको विकास हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले त्यसमा पनि काम गर्ने उल्लेख गर्नुभयो । उहाँले तादी र लिखु खोलालाई प्रयोग गरेर नुवाोटमा २८ हजार रोपनी जमिनमा सिँचाई गर्ने विषयमा प्रदेश सरकार गम्भीर भएर लाग्नेप्रतिवद्धता समेत दोहोर्याउनुभयो ।

विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद तथा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत, संविधानसभा सदस्य गोविन्द नेपाली,विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ,बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल,बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक लामा सहितका अथितिहरुको उपस्थिति रहेको थियो ।
पिपलटार फुटबल क्लबको आयोजना भएको महोत्सवको उद्घाटन समारोहमा मौलिक लोक संस्कृति झल्कने र्यालीसहित विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । पिपलटार चोकबाट र्यालीमा संघसंस्थाका झण्डासहितको झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सव अवधिभर विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा स्थानीय उत्पादनको प्रदर्शनी, राष्ट् िस्तरका कलाकारहरुद्धारा मनोरञ्जन प्रदान गरिने आयोजक संस्था पिपलटार युथ क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । महोत्सव माघ २७ देखि फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।