
काठमाडौं । नेपाली बजारमा सोमबार आज फागुन १२ गते सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ८०० रुपैयाँ कायम छ । आइतबार ९फागुन ११० छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।