
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१)सभामुखबाट प्रमाणित गर्नुभई पेश हुन आएका देहायबमोजिमका विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज फागुन २९ गते प्रमाणीकरण गर्नुभएको छ ।
प्रमुख परशुराम खापुङले प्रमाणिकरण गर्नुभएको विधेयकहरुमा
१ प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१
२ प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१
३ केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१
४ प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
५ कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।
