Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

२०८२ सालमा कति छ सार्वजनिक बिदा ?

नुवाकोट पुकार १ बैशाख २०८२, सोमबार २०:०३

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् ।

दशैंमा सात दिन र तिहारमा पाँच दिन समेत गरी विभिन्न पर्वहरुको बिदा २८ दिन हुने छ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ ।

ती बाहेक विभिन्न पालिकाहरुले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउने छन् । साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले दिन सक्ने छन् ।

यस्ता छन् २०८२ सालका चाडपर्व र दिवसको बिदा

वैशाख

वैशाखमा चार दिन शनिबारको बिदा छ । त्यसबाहेक नयाँ वर्षको अवसरमा वैशाख १ गते र वैशाख १८ गते विश्व मजदुर दिवसको बिदा छ । चण्डी पूर्णिमा ९वैशाख पूर्णिमा०, बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवार लगायतका किराँत समुदायको उभौली पर्वको अवसरमा वैशाख २९ गते पनि सार्वजनिक बिदा छ ।

जेठ

जेठ महिनामा पाँच दिन शनिबारको सार्वजनिक बिदा छ । त्यसबाहेक जेठ १५ गते गणतन्त्र दिवसको एक दिन बिदा छ ।

असार

असारमा चार दिन सार्वजनिक बिदा छ । त्यसबाहेक असार महिनामा एक दिन पनि सार्वजनिक बिदा छैन ।

साउन

साउनमा पाँच दिन शनिबारको बिदा छ । २४ गते शनिबारकै दिन रक्षाबन्धन तथा जनैपूर्णिमा परेको छ ।

साउन २५ गते आइतबार गाईजात्रा पर्वको बिदा छ । यस दिन काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३१ गते श्रीकृष्ण जन्माष्टमी पर्व पनि शनिबार नै परेको छ ।

भदौ

भदौमा चार शनिबार परेका छन् । भदौ ७ गते शनिबारको दिन बुवाको मुख हेर्ने दिन परेको छ । १० गते हरितालिका ९तीज०को दिन महिला कर्मचारीहरुलाई मात्र बिदा हुने छ ।

भदौ १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा परेका छन् । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा हुने छ । ३० गते जितिया पर्व परेको छ । यस दिन जितिया पर्व मनाउने महिलाहरु कर्मचारीहरुलाई मात्र बिदा हुने छ ।

असोज

असोज महिनामा चार शनिबार परेका छन् । असोज ३ गते शुक्रबारको दिन संविधान दिवसको बिदा छ ।

असोज ६ गतेदेखि नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । यस दिन घटस्थापना परेको छ ।

त्यसपछि असोज १३ गते सोमबारको फूलपातीदेखि असोज १८ गते शनिबारसम्म दशैं बिदा छ । १६ गते दशैंको टीकाको दिन छ ।

कात्तिक

कात्तिक महिनामा पाँच शनिबार परेका छन् । १ गते शनिबार तिहारको धनतेरसको दिन परेको छ । २ गते आइतबार काग तिहार छ । ३ गते काग तिहारको एक दिन कार्यालयहरु खुले पनि ३ गतेदेखि ७ गतेसम्म तिहार बिदा छ । ६ गते भाइटीकाको दिन परेको छ । त्यसपछि कात्तिक १० गते छठ पर्वको बिदा हुने छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती छ । यस दिन किराँत धर्मावलम्बीका लागिमात्र बिदा हुने छ ।

मंसिर

मंसिर महिनामा चार दिन शनिबारको बिदा हुने छ । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस परेको छ । मंसिर १८ गते ज्यापु दिवसको बिदा छ ।

पुस

पुसमा चार शनिबार परेका छन् । पुस १० गते इसाई धर्मालम्बीको पर्व क्रिसमस डेको बिदा छ । यसैगरी पुस १५ गते मंगलबार तमू ल्होछार र पुस २७ गते आइतबार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको बिदा छ ।

माघ

माघ महिनामा चार शनिबार परेका छन् । १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको दिन सार्वजनिक बिदा हुने छ । यसैगरी माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते शहीद दिवस परेको छ ।

फागुन

फागुन महिनामा ५ शनिबार परेका छन् । २ गते शनिबार र ३ गते महाशिवरात्रिको बिदा हुने छ ।

फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस छ । यसैगरी १८ गते हिमाली र पहाडी जिल्लामा होली पर्वको बिदा छ । १९ गते तराई मधेशका जिल्लामा होलीको बिदा हुने छ । त्यसपछि फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस ९मार्च ८० को सार्वजनिक बिदा हुने छ ।

चैत

चैतमा चार शनिबार परेका छन् । चार गते घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ । चैत १३ गते शुक्रबार रामनवमीको बिदा हुने छ ।

Continue Reading

Previous: विद्यार्थी टिकाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली
Next: एमालेले बैशाख ११ गते १ लाख युवा सडकमा उतार्ने

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार