जनज्ञान निकेतन माविको कक्षा १२ मा शतप्रतिशत नतिजा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार ११:५०

नुवाकोट, असार ५ — नुवाकोटको शिवपुरी गाउँपालिका–५, थानापतीस्थित सामुदायिक विद्यालय श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयले कक्षा १२ काे परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ।


विद्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार शैक्षिक सत्र २०८२ को कक्षा १२ परीक्षामा सहभागी २० जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार उत्तीर्ण विद्यार्थीहरूको जिपिए २.१५ देखि ३.६५ सम्म रहेको छ।


परीक्षामा बन्दना ठकुरीले ३.६५ जिपिए ल्याई विद्यालयमा सर्वोत्कृष्ट नतिजा हासिल गरेकी छन्। त्यसैगरी आशिका नेपाली (३.६७), अस्मिता भण्डारी (३.६०), रिया मिजार (३.६०) लगायतका विद्यार्थीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।


विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको संयुक्त प्रयासका कारण उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ। विद्यालय प्रशासनले आगामी वर्षहरूमा समेत शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *