Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

महानन्दका दुर्लभ पाण्डुलिपिहरूको संरक्षण गर्नुपर्नेमा साहित्यकारहरुको जोड

नुवाकोट पुकार १८ बैशाख २०८२, बिहीबार १५:१०

चक्र प्रसाद पोखरेल
काठमाडौंः  अन्तर्राष्ट्रिय सम्पत्तिको रूपमा स्थापित समाज सुधारक, कवि, साहित्यकार महानन्द सापकोटाको वार्षिक जन्मजयन्ती भर्चुअल समारोह भव्यताले सम्पन्न गरिएको छ । गत शनिबार महानन्द सापकोटाको १२९ औं जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र र जर्जिया च्याप्टरको संयुक्त आयोजनामा जुममार्फत विशेष कार्यक्रम सम्पन्न भएको हो ।
अनेसास अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सापकोटाको साहित्यिक  तथा समाजिक व्यक्तित्वमाथि चर्चा गरिएको थियो ।कार्यक्रमा प्रमुख अतिथिको रुपमा प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेल रहेका थिए भने अतिथिमा पदम विश्वकर्मा, महेशप्रसाद आर्डी, तीर्थ अधिकारी, राहिनी शर्मा सापकोटा, लालगोपाल सुवेदी, रमेश दाहाललगायतका थुप्रै साहित्यकारहरुको उपस्थिति रहेको थियो । साथै महानन्द सापकोटाका परिवारका सदस्य महेश पर्साई, लुना सिटौला र डा सञ्जीव सापकोटाको समेत सहभागिता थियो ।


प्रत्येक वर्ष जस्तै अनेसास केन्द्र कार्यालय र यसको जर्जिया च्याप्टरले अप्रिल २६ मा शनिबार सापकोटाको विरासत, राष्ट्रप्रतिको योगदान र आजको समाजले उनका धेरै कार्यहरूबाट के कसरी लाभ उठाउन सकिन्छ भन्ने कुरा मनाउन उक्त कार्यक्रम आयोजना गरिएको अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले बताए ।
नेपाली भाषा साहित्यलाई माथि उठाउनमा महत्त्वपूर्ण योगदान दिने  व्यक्ति हुन् महानन्द सापकोटा । उनले जीवनभर नेपाली भाषाको सेवा गरिरहे । शिक्षा र चेतनाले मात्रै राष्ट्रको विकास हुने कुरा उनले बुझेका थिए । उनका साहित्यले पनि मुलुकको मौलिक चिन्तन र राष्ट्रिय भावना बोलेका छन् । प्रकृति चित्रण, राष्ट्रप्रेम र समाज सुधार उनका मुख्य विषय हुन् । कुसंस्कार कुरीति, अन्धविश्वास, असमानता एवम् लैङ्गिक र जातीय विभेद बिरुद्ध उनी लागिरहे । नारी उत्थान र शोषित पीडितको पक्षमा उनी सधैँ लागिरहे । समाज सुधारका लागि पनि उनी अहोरात्र खटिइरहे । मान्छे मान्छेबिच अमानवीय भेदभाव वा छुवाछुत विरुद्ध पूर्वमा चेतना जगाउने काम महानन्दले गरे । उनी जातीय अन्यायको निडर समर्थक थिए । उनी जातीय भेदभावलाई घृणा गर्थे । उनले विद्यालय बनाए र समाजले तल्लो जात ठान्ने मानिसहरूलाई भर्ना दिए । यसले उच्च जात ठान्नेहरूलाई रिस उठायो । तर यसले उनलाई कुनै फरक पारेन । उनले तेह्रथुम, इलाम, झापा, धरान, धनकुटामा जहाँ जहाँ बसे, सबै ठाउँमा विद्यालय बनाए ।

 वि.सं १९५३ वैशाख ३० गते इलामको इरौँटार गा.वि.स. देवानछापमा पिता रामचन्द्र सापकोटा र आमा सरस्वतीका तेस्रो सन्तानका रूपमा जन्मिएका महानन्द सापकोटाको न्वारनको नाम जगन्नाथ हो । कसै कसैले यज्ञनिधि पनि भन्ने गरेको पाइन्छ ।
महानन्द नेपाली आकाशको एक चम्किलो तारा हुन् । नेपाल सरकारले उनको सम्मानमा हुलाक टिकट जारी गरेको छ । अन्तर्राष्ट्रिय ब्रह्माण्ड समाजले बुध ग्रहमा रहेको एउटा खाडललाई उनको नाममा सापकोटा खाडलको नाम दिएको छ ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै जर्जिया च्याप्टरका सचीव तीर्थ तिमल्सिनाले भने, ‘तत्कालीन समयमा नेपाली भाषा कम प्रयोगमा आउँथ्यो । संस्कृत र हिन्दी भाषाको बढी प्रभाव थियो । भाषाको मौलिकताका लागि झर्रो नेपाली भाषाको प्रयोगमा उनले सर्वप्रथम जोड दिएका हुन् । उनी भाषालाई सर्वमान्य बनाउन व्याकरण खुकुलो हुनुपर्छ भन्थे । आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति जिउँदो जागरुकता ल्याउने उनी पहिलो नेपाली भाषाशास्त्री हुन् ।’


 त्यसैगरी प्रमुख अतिथि प्रा.डा.खगेन्द्र प्रसाद लुइटेलले महानन्दको विषयमा बोल्दै ‘म यदि महानन्दको विषमा मात्र बोलौँ भने दुई घण्टाभन्दा धेरै बोल्न सक्छु तर आज मुख्य कुरा भन्दा महानन्द एक राम्रा कवि हुन् । उनले तत्कालीन समयमा नराम्रोसँग बिग्रिएको भाषा सुधार्नमा महत्त्वपूर्ण काम गरे । मैले उनको विषयमा धेरै वर्षअगाडि नै केही कुराहरु पुस्तकमै लेखेको छु । पढ्नका लागि उमेर घटाएर पढेका महानन्दले प्रशस्त मात्रामा स्वाध्ययन गरेको पाइन्छ । समानता र शिक्षाको विषयमा पनि महानन्दले ठूलो काम गरेका छन् । उनी जहाँजहाँ जान्थे, त्यहाँ त्यहाँ विद्यालय खोलेर सबै समुदायका मानिसहरुलाई पढ्न पर्छ भन्ने कुरा सिकाउँथे । पछिल्लो समय उनले पुर्याएको योगदानको चर्चा कम हुन थालेको छ । सरकारले केही गरिदेला वा अन्य सस्थाहरुले केही गरिदेलान् भनेर चुप लागेर नबसी महानन्दको विषयमा एउटा संयुक्त कृति निकाल्नुपर्छ, उनका दुर्लभ पाण्डुलिपि संरक्षण गर्नुपर्छ र त्यसैलाई धेरैको हातमा पुर्याउन पनि जरुरी हुन्छ । बहुमुखी प्रतिभाका धनी महानन्दको विचारलाई अहिलेका पुस्तासामु पुर्याउनु हाम्रो जिम्मेवारी पनि हो ।’  

त्यसैगरी महानन्दका नाति महेश प्रसाईले महानन्दमा अटुट मात्रामा राष्ट्रप्रेम रहेको, अशिष्ट  शब्दको प्रयोगलाई निरुत्साहित गर्ने गरेको बताए । साथै नेपाली भाषा, संस्कृति जोगाउन पूर्वी नेपालमा बसेर दलित समुदायले पढ्नलेख्न हुँदैन भन्ने गलत प्रचलनलाई हटाई उक्त समुदायका सदस्यलाई पढाउन सुरु गरेको योगदानको चर्चा गरे । महात्मागान्धीको विचारबाट प्रभावित सापकोटा राष्ट्र, राष्ट्रियता, भाषा र संस्कृतिको महत्त्वलाई आत्मसात गर्दै ठुला देशको प्रभावबाट मुक्त रहनुपर्छ भन्ने स्वाभिमानी विचारबाट अभिप्रेरित भएको कुरा बताए ।


त्यसैगरी साहित्यकार पदम विश्वकर्माले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पछिल्लो समय महानन्दको जन्मजयन्ती हरेक वर्ष मनाउन पाउँदा निकै खुसी लागेको बताए । साथै उनले  हाल महानन्दको सालिक बनाउन पहल भैरहेको जानकारी दिए ।
सापकोटा कल्याण केन्द्रका अध्यक्ष रमाकान्त सापकोटाले सापकोटाहरुको  वंशावली तयार पार्ने क्रममा  शिक्षा र साहित्यका चौतारी महानन्द सापकोटा भनी अग्रभागमा राखिएको जानकारी दिए । उनले केन्द्रका ७ शाखाहरू रहने र महानन्दलाई केन्द्रका सबै शाखाहरूमा सापकोटा वंशावलीको रत्नको रूपमा समावेश गरिने बताए ।


कार्यक्रममा डा. सञ्जीव सापकोटाले यस कार्यक्रमको उद्देश्य महानन्दलाई उजागर गर्नु मात्र नभई उनको काम र योगदानले वर्तमान पुस्तालाई कसरी फाइदा पुर्याउँछ भन्ने बारेमा छलफल गर्नु पनि रहेको बताए । उनले नेपाली शब्द परिचयको पुनर्मुद्रण गर्नु, महानन्दमाथि वृत्तचित्र बनाउनु पर्ने विचार व्यक्त गरे ।
्
महानन्दकी नातिनी लुना सिटौलाले राष्ट्रिय व्यक्तित्व (महानन्द) सँग बिताएको बाल्यकालीन सम्झना ताजा रहेको बताइन् ।  महानन्दले तरकारीमा मसालेदार, मासुको रूपमा लौका मन पराउँथे । उनी सधैं पढ्ने र लेख्ने गर्थे । लेख्दा उनका हात काँप्थे । सिटौलाले उहाँको आत्मकथामा प्रकशित विचार सबै पुस्ताका लागि प्रेरणादायी  रहेको बताइन् ।

वरिष्ठ साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष मोहन सिटौलाले उनको साहित्यिक योगदानलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताए । साथै कार्यक्रमका अन्य वक्ताहरूले  सापकोटाको सामाजिक न्याय, जातीय समानताको प्रवद्र्धनमा पुर्याएको योगदान तथा कविता र निबन्धात्मक कृतिमाथि चर्चा परिचर्चा गरे ।

Continue Reading

Previous: शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस हुने
Next: कर्मचारी परिषद् र शिक्षक महासंघका पदाधिकारीबीचको विवादपछि समापन कार्यक्रम स्थगित

सम्बन्धित समाचार

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

छुटाउनु भयो कि ?

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार