
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारस्थित घण्टाघरमा बुधबार विहान भएको दुर्घटनाको घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौं लगिएको छ । बुधबार बिहान करिब १०ः३० बजे हावाघर–संगमचोक सडक खण्डमा ग १ ख ९९३५ नम्बरको आईचरले बा ६५ प ५०४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक विदुर १२ का अनिस अधिकारी गम्भीर घाइते भएका थिए ।
उनलाई त्रिशुली अस्पताल अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पताले लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।उनको टाउँको र खुट्टामा गम्भीर चोट लागेको बताइएको छ ।
दुर्घटनापछि प्रहरीले तारकेश्वर गाउँपवालिका वडा नम्बर १ घर भएका आईचर चालक राधाकृष्ण घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।