
रसुवा स् गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर मृत्यु भएका कालिका गाउँपालिका ३ का स्क्याभेटर चालक ५० वर्षीय शिव पौडेलको परिवारले रसुवा बन्द गरेका छन् । बन्दको अब्हानपछि पासाङल्हामु सडकको रसुवा खण्डमा सवारी साधन चलेका छैनन् । काठमाडौंका लागि कुनै सवारी छुटेका छैनन्। राजधानीबाट रसुवातर्फ जाने सवारी पनि बन्द छन् ।
बन्दकर्ताले एम्बुलेन्स र विदेशी पर्यटकबाहेक अन्य सवारी साधान ठप्प पारेका छन् । बन्दकर्ताहरूले बेतिनी, बनुवालगायत ठाउँठाउँमा सडक अवरुद्ध पारेका छन् । रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत मृतकका परिवारलाई काजक्रिया र क्षतिपूर्ति ३५ लाख, पत्नीलाइ रोजगारी र छोराछेरीको उच्च शिक्षा अध्ययन गर्ने सुनिश्चित हुनुपर्ने जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यालय र रसुवागढी जलविद्युत कम्पनीको ध्यानाकर्षण गराएको स्थानीय पुष्पराज न्यौपानेले बताए । उचित माग पूरा भएपछि मात्रै शव बुझेर सदगत गर्ने बताएका छन्।
कम्पनी तथा पीडित परिवारसँग कालिकास्थानमा छलफल हुन लागेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।