
राजधानीमा आयोजित कामरु माविकाबाट २०५९ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुको भेला ः तस्बिर ः सहदेव दाहाल
काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ५ मा रहेको कामरुदेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयको विकासका लागि पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । शनिबार राजधानीमा २०५९ सालमा एसएलसी दिएका विद्यार्थीको भेलाले सहदेव दाहालको अध्यक्षतमा पूर्व विद्यार्थी मञ्च गठन गर्ने निर्णय गरेका हुन ।
विद्यार्थीहरुको भेलाले दाहालको अध्यक्षतमा गठन गरेको मञ्चलाई वृहत रुपमा लैजाने र कामरु माविका अध्ययन गरेका अन्य पूर्व विद्यार्थीहरुलाई एक ठाउँमा ल्याएर विद्यालयको वृद्धि विकासमा काम गर्ने बताएका छन् ।

साथै भेलाले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जमघटनलाई अझ बृहत बनाउनका लागि बनभोज कार्यक्रम गर्ने लगायतका निर्णय गरिएको अध्यक्ष दाहालले नुवाकोट पुकारलाई बताए । नुवाकोट जिल्लाको पूरानो विद्यालयको रुपमा दुईपिपल डबलीमा रहेको उक्त विद्यालयमा एसएलसी दिएका विद्यार्थीहरु राजधानी लगायतका देश विदेशमा रहेर विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका छन् ।
उनीहरुले कुनै न कुनै रुपमा विद्यालयको विकासमा सहयोग गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चुराम लामिछानेले बताउनुभयो । उहाले विद्यार्थी मञ्च गठन हुनु सकारात्मक भएको भन्दै यसलाई विद्यालयको तिहका लागि प्रयोग गर्न पनि सुझाव दिनुभयो ।